Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हरेक वर्ष सेयर ब्रोकर लाइसेन्स खुल्ने, यस्तो छ संशोधित नियमावली

२०७९ असार २२ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर लाइसेन्सका लागि कोटा प्रणाली खारेज गरेको छ । योसँगै अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्नेछ । धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै बोर्डले धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिइ आवेदन माग गर्ने व्यवस्था गरेको छ।

प्रस्तावित नियमावली अनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि बोर्डले न्युनतम २० करोड रुपैयाँ चुक्ता पुँजी निर्धारण गरेको छ। यस तहका सेयर ब्रोकरहरुले सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री गर्नेछन्।

यसअघिको व्यवस्था अनुसार सेयर ब्रोकर कम्पनीका लागि कायम हुनुपर्ने न्युनतम चुक्ता पुँजीको सीमा २ करोड रुपैयाँ तोकिएको थियो। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रदान गर्नेहरुलाई भने खरिद बिक्रीसहित मार्जिन कारोबार, लगानी परामर्श, लगानी व्यवस्थापन र निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने सहुलियत पनि हुनेछ। यस प्रकारको ब्रोकर कम्पनीको चुक्ता पुँजी बोर्डले ६० करोड रुपैयाँ हुनुपर्ने प्रस्ताव गरेको हो।

धितोपत्र व्यापरी लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ पुँजी प्रस्ताव गरिएको छ। धितोपत्र व्यापारीले धितोपत्र दलालको कामसहित आफ्नो नामबाट सेयर किनबेच पनि गर्न पाउनेछन्। त्यस्तै, स्टक डिलरका रुपमा स्थापना हुने कम्पनीले धितोपत्र प्रत्याभूति कार्यका साथै योग्य संस्थागत लगानीकर्ताका रुपमा पनि काम गर्न सक्ने व्यवस्था गरिने जनाइएको छ।

हेर्नुहोस् पूर्णपाठ

 

Ad