Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आयातमा राजस्व बढाउनु जायज : गभर्नर

२०७९ असार २० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले आयातमा समेत राजस्व बढाउनु जायज भएको बताउनुभएको छ । मौद्रिक नीतिको लागि निजी क्षेत्रसँगको अन्तर्क्रियामा उहाँले धेरै आयात हुने वस्तुको रुपमा अटो रहेकोले यसलाई कडाइ हुन अहिलेको विषम परिस्थिति प्रमुख रहेको बताउनुभयो ।

उहाँका अनुसार आयातमा धेरै खर्च हुनेमा पेट्रोलियम पदार्थको रहेको र त्यसपछि गाडी देखिएको छ। त्यसकारणले यी वस्तुमा कडाइ गरिएको हो। यो अवस्था र हालको समस्यालाई एकसाथ लिएर हेर्न उहाँले भन्नुभएको छ ।

नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापाले सरकारलाई राजस्व धेरै आउने क्षेत्र भनेको अटो हो भन्ने सरकारलाई थाहा भएको र त्यसकारणले गर्दा यसलाई च्याप्नुपर्छ भनेर सरकारले हरेक वर्ष योजना नै बनाएको बताउनुभयो ।

अटोलाई अनुत्पादक भन्ने गरिएको जनाउँदै उहाँले अटो धेरै कुरामा उत्पादन नै हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसलाई त्यसरी परिभाषित गर्न मिल्दैन। हायर पर्चेज कर्जा ५० प्रतिशत कायम हुँदा पनि। ७ महिनादेखि ७० प्रतिशत व्यापार ठप्प छ। लोनको कडाइलगायतका समस्याहरु यसमा जोडिएका छन्।’ डिलरहरुले जुन किसिमको लोन लिएका छन्। उनीहरुले तिर्न नसकेकोले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।