Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकवित्तको निक्षेप ५० खर्ब पुग्यो

२०७९ असार १६ गते


बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाको निक्षेप ५० खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेपले बुधबार नयाँ रेकर्ड राख्दै ५० खर्ब कटेको हो । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ५० खर्ब ४ अर्बको निक्षेपको आकार छ । यस्तै कर्जा ४७ खर्ब ९ अर्ब रहेको छ । गतवर्ष असार मसान्तमा ४७ खर्ब ४० अर्ब निक्षेप बैंक तथा वित्तीय संस्थासँग थियो ।

बैंकिङ प्रणालीमा रहेको निक्षेपमा वाणिज्य बैंकमा ४४ खर्ब १८ अर्ब तथा विकास बैंक र फाइनान्स कम्पनीसँग ५ खर्ब ८७ अर्ब छ । बैंकमा निक्षेप बढ्दै गएपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.०६ प्रतिशतमा आएको राष्ट्र बैंकले जनाएको छ ।