Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नबिल बैंकको साढे २८ हजार कित्ता शेयर बिक्रीमा

२०७९ असार १५ गते

बैंकिङ खबर/नबिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २८ हजार ५८९ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको (असार १५ गतेले) ७ दिन भित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नक्साल नारायणचौर काठमाडौंमा आवेदन दिन सकिनेछ ।

 

Ad