Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभु क्यापिटलले ल्यायो आयोजना प्रभावितका लागि अनलाइनबाटै आईओमा आवेदन दिने सेवा

२०७९ असार १२ गते


बैंकिङ खबर/ प्रभु क्यापिटल लिमिटेडले नेपाली पूँजीबजारमा नयाँ–नयाँ प्रविधिहरुको विकास गरी ग्राहक तथा सम्पूर्ण नेपाली पूँजीबजारको विकासमा आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित वासिन्दाहरुले आफैले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।

यसका लागि क्यापिटलको वेबसाइट https://ipoapply.prabhucapital.com/बाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजातसहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् । यसबाट हितग्राही खाता खोल्न बाँकी तथा हित ग्राहीखाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

आवेदन गरीसकेपछि लगानीकर्ताहरुले अनलाइनबाट इसेवा, खल्ती तथा प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन् । साथै कनेक्टआइपिएस वा बैंकमागई आवेदन फारम सब मिट गरेपछि प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखी बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।

यो वेबसाइटबाट हाल इलाम जिल्लाबासीहरुले इलाम नगरपालिकाको वडा नं. १ र ४ मा अवस्थित पुवा–२ जलविद्युत आयोजना निर्माण गरि रहेको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा आवेदन दिन सक्नेछन् ।

Ad