Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘रेमिट्यान्स वृद्धिदर घट्यो, आर्थिक वृद्धिदर जोखिममा’

२०७३ आश्विन ७ गते

nepal-rastra-bank4-1नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर प्रभावित हुन सक्ने जोखिम औँल्याएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले रेमिट्यान्सको आप्रवाह वृद्धि कमजोर बनेका कारण यसले आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पार्न सक्ने औँल्याएको हो । 

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्षको ५ महिनाभित्र रेमिट्यान्स बृद्धि दर २.५ प्रतिशतले ओरालिएको छ । एक महिनामा ५१ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो बर्षको पहिलो महिनामै बृद्धि दर २६.३ प्रतिशत थियो । 

शोधानान्तर घाटा 

नेपालबाट बाहिरिने रकमको मात्रा बढी भएकाले झन्डै तीन बर्षपछि शोधनान्तर  घाटा भएको छ । साउन महिनामा देशको शोधनान्तर अवस्था दुई अर्ब १३ करोड रुपैयाँले ऋणात्मक भएको राष्ट्र बैंकले जनाएको छ ।