Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१९ बुँदे सहमति कार्यान्वयन हुने भएपछि कोइरालाद्वारा अनसन अन्त्य

२०७९ असार १० गते

बैंकिङ खबर/ असार १ गते देखि आमरण अनसनरत लगानीकर्ता तिलक कोइरालाले अनसन अन्त्य गर्नुभएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन बसेको १० औं दिनमा शुक्रबार उहाँले अनसन तोड्नु भएको हो ।

पूँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिको माग कार्यान्वयन गर्ने सम्झैता भएपछि अनसनरत कोइरालाले अनसन तोड्नुभएको हो । शेयर बजार सुधार र विस्तारका लागि तिलक कोइरालाले असार १ गतेदेखि अनसनमा बस्दै पाउनुभएको थियो । नेपाल धितोपत्र बोर्डका कार्यालय भित्र अनसन बस्न नदिएपछि उहाँले बाहिर बसेर अनसन सुरुवात गर्नुभएको थियो ।

Ad