
बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले सेयर बजारमा समस्या देखिएको बताउनुभएको छ । प्रतिनिधिसभामा बोल्दै अर्थमन्त्री शर्माले सेयर बजारको समस्यालाई समाधान गर्न राष्ट्र बैंक,धितोपत्र बोर्ड सरोकारवाला निकायको समिति बनाउने काम भएको पनि जानकारी गराउनुभयो । मौद्रिक नीतिमा गरेको त्रुटीले गर्दा समस्या देखिएको उहाँको भनाइ छ ।


