Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रु.२५.५३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

२०७९ असार ६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले असार ६ गते(आज) २५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले असार ७ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल साउन ३ गते परिपक्व हुनेछ ।

यसैगरी राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल आउँदो असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले १८२ का लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल भने आउँदो पुस ५ गते परिपक्व हुनेछ ।

यसैगरी राष्ट्र बैंकले २०८० असार ५ गते परिवक्व हुने गरी ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ । यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।