Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल बैंकको साढे २ अर्बको ऋणपत्र नबिल इन्भेष्टले निष्काशन गर्ने

२०७९ असार ३ गते

बैंकिङ खबर/ नेपाल बैंकले निष्काशन गर्न लागेको दुई अर्ब ५० करोड रुपैंयाको डिबेन्चरको बिक्री प्रबन्धकत्वको काम नबिल इन्भेष्टमेण्ट बैंकिङले गर्ने भएको छ ।

“१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” को १ हजार रुपैंया अंकित दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि नेपाल बैंक र नबिल इन्भेष्टका बिचमा सम्झौता भएको हो । ५ वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

उक्त सम्झौता पत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको छ ।  प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीने नबिल इन्भेष्टले जनाएको छ ।