Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर लगानीकर्ताहरु झुण्डिएर मर्छु भन्न थालेः गगन थापा

२०७९ असार १ गते

बैंकिङ खबर/ नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले नेपाल राष्ट्र बैंकले लिएको सेयर कर्जालाई संकुचन गर्ने नीतिका कारण सेयर लगानीकर्ता झुण्डिएर मर्छु भन्न थालेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा सांसद थापाले राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ताले यस्तो गुनासो गर्न थालेबो बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रत्येक दिन मेरो घरमा १०, १५ जना मान्छे आउने गरेका छन् । आउनेमा काठमाडौंका मात्रै होइन साना साना शहरका पनि रहेका छन् । दुःख गरेर कमाएको २ पैसा पनि गुमेपछि कोही म झुण्डिएर मर्छु भनिरहेका छन् । कोही सडकमा आइपुग्यौ भनिरहेका छन् ।’

राष्ट्र बैंकको नीतिका कारण दुःख गरेर कमाएका पैसा घट्दा लगानीकर्ता निकै त्रसित बनेको उहाँले बताउनुभयो ।  बजारको अवस्था नाजुक भएको भन्दै यो विषयमा सरकारले संसदमा जानकारी उहाँले माग गर्नुभयो । यस विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको थापाले बताउनुभयो ।

तरलता अभावको समयमा बजार घट्नु स्वभाविकै भएपनि राष्ट्र बैंकले लिएको सेयर कर्जालाई संकुचन गर्ने नीतिले बजार घट्नु सामान्य विषय नभएको उहाँको भनाइ छ ।

Ad