Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

२०७९ जेष्ठ ३० गते

बैंकिङ खबर/ नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले मर्जर प्रयोजनका लागि सोमबारबाट लागू हुने गरी यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो।

बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ बमोजिम इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

इन्भेस्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। इन्भेस्टमेन्ट र मेगाबीच १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर सम्झौता भएको छ।

Ad