Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अब सेयर कारोबार ६ दिन, शुक्रबार १ बजे बन्द

२०७९ जेष्ठ ३० गते

बैंकिङ खबर/ अब सेयर बजार कारोबार ६ दिन सञ्चालन हुने भएको छ । सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो ।

सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म सेयर कारोबार हुने भएको छ । शुक्रबार भने १ बजे बजार बन्द हुने भएको छ ।

यस अघि पुरानै व्यवस्था अनुसार आइतबार बजार खुल्ने र शुक्रबार बन्द हुन सक्ने बताइएको भएपनि नयाँ निर्णय अनुसार शुक्रबार दुई घण्टालाई भएपनि बजार खुल्ने भएको हो। लगानीकर्ताहरू शुक्रबारको कारोबारमा समेत अभ्यस्त भइसकेको र पछिल्लो समय सेयर कारोबारको राफसाफ लगायतका कामहरू प्रविधिको प्रयोगले हुन थालेसँगै यस्तो निर्णय गरिएको बुझिएको छ।

Ad