राष्ट्र बैंकले खिच्यो एक अर्ब तरलता बुधबार राष्ट्र बैंकले वित्रीय प्रणालीबाट एक अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत उक्त तरलता खिचेको हो । सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी असोज १२ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।