Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बजेटलाई समर्थन गर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

२०७९ जेष्ठ २५ गते

बैंकिङ खबर/अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल भएको छ । बुधबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री जर्नादन शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीच आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटको लक्ष्यलाई प्राप्त गर्ने गरी मौद्रिक नीति आउनुपर्ने बताएका बताउनुभएको थियो । गभर्नर अधिकारीले बजेटलाई समर्थन हुने गरी मौद्रिक नीति आउने बताउनुभयो । अर्थ मन्त्रालयका अनुसार छलफलमा अर्थ सचिव तथा सहसचिवहरु समेत सहभागी हुनुभएको थियो । आगामी आर्थिक वर्ष सुरु हुनु अगाडि नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ ।