
बैंकिङ खबर/नेपाल पुँजीबजार लगानीकर्ता संघले सेयरबजारमा सुधारका लागि चाल्नुपर्ने कदम तत्काल चाल्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। संघकी अध्यक्ष राधा पोखरेल नेतृत्वको टोलीले आज ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण खारेजीको माग गरिएको छ। त्यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सीडी रेसियोको नीति पनि उल्ट्याउन माग गरिएको छ। त्यस्तै भारित औसत दर १५० लागू गर्ने निर्णय पनि खारेज हुनुपर्ने र पुरानै दर १०० कायम हुनुपर्ने माग गरिएको छ। पुँजी बजारलाई सात प्रदेश, ७७ जिल्लामा विकास र विस्तारका लागि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन पनि माग गरिएको छ।


