Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने

२०७९ जेष्ठ १७ गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले दश वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र बिक्रि गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गर्नुभएको छ । बैंकले प्रति कित्ता अंकित मूल्य १००० को दरले ३०,००,००० (तीस लाख) कित्ता गरी ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

वर्तमान वित्तीय बजारमा उच्चतम प्रतिफल सहितको यस ऋणपत्र बाट खरिदकर्ताहरुले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको बैंकले उल्लेख अग्रेको छ । बैंकले १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।