
बैंकिङ खबर/ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० लागि बजेट सार्वजनिक गरिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण प्रस्तुत गर्नुभएको छ ।
- वित्तीय समानिकरण तर्फ प्रदेशलाइ ६१ अर्ब ४३ करोड, स्थानीय तहतर्फ १ खर्ब २३ करोड
- बाँझो र उपयोगविहीन कृषक सहकारीलाई लिजमा उपलब्ध गराइने ।
- बेरोजगारहरु मध्येबाट ३०० जना कृषि स्वयंसेवक तयार गरिने
- सबै वडामा कृषि प्राविधिकको व्यवस्था
- संघ प्रदेश र स्थानीय तहको लागत साझेदारीमा हुने कृषि कार्यक्रमका लागि १० अर्ब विनियोजन ।
- सबै वडामा कृषि प्राविधिकको व्यवस्था
- राजस्व बाँडफाँटबाट प्रदेश र स्थनीय तहमा १ खर्ब ६३ अर्ब
- धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने
- विदेशी लगानीको न्युनतम सीमा पुनरावलोकन गरी रु २ करोड रुपैयाँ कायम गरिएको छ ।
- कोभिडबाट प्रभावित होटल व्यवसायलाई
इजाजत र नवीकरण दस्तुर छुट दिइने - आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने व्यवस्था मिलाउने ।
- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करफड विनियोजन ।
- निजी क्षेत्रको रुग्ण उद्योग सञ्चालनमा प्रोत्साहन गर्ने ।
- मासिक १० करोड विद्युत खपत गर्ने उद्योगलाई २ देखि १० प्रतिशतसम्म सहुलियत ।
- वौद्धिक सम्पत्ति र प्रतिलिपी अधिकार सुरक्षा गरिनेछ । यसविरुद्धको कारबाही प्रभावकारी बनाइनेछ ।