२०७९ जेष्ठ १५ गते

आर्थिक सर्वेक्षणमा बैंकवित्तः निष्क्रिय कर्जामा सुधार, मर्जरमा प्रोत्साहन, संख्यामा कमी

बैंकिङ खबर/ चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले संघीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विद्युतीय कारोबार बढ्दै गएको बताएको छ ।

सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणका अनुसार नेपालमा विद्युतीय कारोबारको अवस्था बढेको हो । यस्तै, बैंक तथा मर्जरमा प्रोत्साहन गरेको कारण बैंक तथा वित्तीय संस्थाको संख्यामा कमि आएको पनि बताएको छ ।

यस्तै, सर्वेक्षण वित्तीय साक्षरता र पहुँच पनि बढ्दै गएको उल्लेख गरेको छ । सर्वेणले बैंकहरुको निक्षेप ४.१ प्रतिशतले र कर्जा १२.८ प्रतिशतले वृद्धि भएको देखाएको छ । सरकारले निष्कृय कर्जामा पनि सुधार भएको देखाएको छ ।

यस्तै गत आर्थिक वर्षको तुलनामा सेयर बजार पुँजीकरण पनि बढेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणले बीमा पहुँच तथा विस्तारमा पनि सुधार भएको देखाएको छ ।