
बैंकिङ खबर/ वाणिज्य बैंकहरूको खराब कर्जा सवा १४ खर्ब रूपैयाँ देखिएको छ । बैशाखसम्मको तथ्यांकलाई हेर्दा २७ वाणिज्य बैंकहरूको कुल ५४ अर्ब ५७ करोड रूपैयाँ कर्जा खराब देखिएको हो । वाणिज्य बैंकहरूको कुल ३४ प्रतिशत कर्जा खराब देखिएको छ ।
अहिले वाणिज्य बैंकहरूको कुल ४१ खर्ब ९१ अर्ब ४२ करोड रूपैयाँ कुल कर्जा लगानी छ । त्यसको ३४ प्रतिशत कर्जा खराबमा गणना गरिएको छ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राख्ने गरेका छन् ।
कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । बैंकहरूको खराब कर्जा बढ्दा नाफामा पनि ह्रास आउने गर्छ भने प्रतिफल पनि राम्रो दिन सक्दैनन् ।
कुन बैंकको कति ?
१. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
बैंकहरूको तेस्रो त्रैमास अनुसार सबैभन्दा बढी खराबकर्जा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यस बैंकको कुल खराब कर्जा ६ अर्ब ८७ करोड रूपैयाँ छ ।
२. कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंकको ४ अर्ब १२ करोड रहेको छ ।
३. ग्लोबल आइएमई बैंक लिमिटेड
ग्लोबल आईएमई बैंकको ३ अर्ब ९५ करोड रहेको छ ।
४. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब ८७ करोड रहेको छ ।
५. नेपाल बैंक लिमिटेड
नेपाल बैंकको ३ अर्ब ६४ करोड रूपैयाँ रहेको छ ।
६. नबिल बैंक लिमिटेड
नबिल बैंकको खराब कर्जा ३ अर्ब २२ करोड रहेको छ ।
७. एनएमबि बैंक लिमिटेड
एनएमबि बैंकको २ अर्ब ७ करोड रूपैयाँ खराब कर्जा छ ।
८. सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेड बैंकको खराब कर्जा १.१२ प्रतिशत अर्थात् २ अर्ब ०८ करोड रूपैयाँ छ ।
९.नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्स बैंकको खराब कर्जा १.५२ प्रतिशत अर्थात् १ अर्ब ८८ करोड रूपैयाँ छ ।
१०. नेपाल बङ्गलादेश बैंक लिमिटेड
नेपाल बंगलादेश बैंकको खराब कर्जा २.३० प्रतिशत अर्थात् १ अर्ब ८३ करोड रूपैयाँ छ ।
११. प्रभु बैंक लिमिटेड
प्रभु बैंकको खराब कर्जा १.२१ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड रूपैयाँ छ ।
१२. सनराइज बैंक लिमिटेड
सनराइज बैंकको खराब कर्जा १.३७ प्रतिशत अर्थात् १ अर्ब ६९ करोड रूपैयाँ छ ।
१३. बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डूको खराब कर्जा १.४५ प्रतिशत अर्थात् १ अर्ब ५९ करोड रूपैयाँ छ ।
१४. हिमालयन बैंक लिमिटेड
हिमालयन बैंकको खराब कर्जा ०.९९ प्रतिशत अर्थात् १ अर्ब ५६ करोड रूपैयाँ छ ।
१४. कुमारी बैंक लिमिटेड
कुमारी बैंकको खराब कर्जा ०.९६ प्रतिशत अर्थात् १ अर्ब ५५ करोड रूपैयाँ छ ।
१६. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंकको खराब कर्जा १.७२ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रूपैयाँ छ ।
१७. प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंकको खराब कर्जा ०.९४ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड रूपैयाँ छ ।
१८. सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
सेञ्चुरी कमर्सियल खराब कर्जा १.६० प्रतिशत अर्थात् १ अर्ब ४४ करोड रूपैयाँ छ ।
१९. लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंकको खराब कर्जा १.८ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड रूपैयाँ छ ।
२०. एनआईसी एशिया बैंक लिमिटेड
एनआइसी एशिया बैंकको खराब कर्जा ०.५१ प्रतिशत अर्थात् १ अर्ब ३९ करोड रूपैयाँ छ ।
२१. सिभिल बैंक लिमिटेड
सिभिल बैंकको खराब कर्जा ०.९९ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड रूपैयाँ छ ।
२२.माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंकको खराब कर्जा ०.८७ प्रतिशत अर्थात् १ अर्ब १६ करोड रूपैयाँ छ ।
२३. मेगा बैंक लिमिटेड
मेघा बैंकको खराब कर्जा ०.७२ प्रतिशत अर्थात् १ अर्ब०७ करोड रूपैयाँ छ ।
२४.सानिमा बैंक लिमिटेड
सानिमा बैंकको खराब कर्जा ०.३८ प्रतिशत अर्थात् ५३ करोड रूपैयाँ छ ।
२५. एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंकको खराब कर्जा ०.२६ प्रतिशत अर्थात् ३९ करोड रूपैयाँ छ ।
२६.स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड
स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ०.३६ प्रतिशत अर्थात् ३२ करोड रूपैयाँ छ ।
२७. नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकको खराब कर्जा ०.१४ प्रतिशत अर्थात् १५ करोड रूपैयाँ छ ।
खराब कर्जा के हो ? कसरी पुग्छ बैंकलाई हानी ?
बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपिएल (नन पर्फमिङ लोन – non performing loan) अर्थात खराब कर्जा भनिन्छ । निश्चित समयभित्र भुक्तान गर्ने गरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछ ।
यद्यपि, कहिलेकाहीँ ऋणीले निर्धारित समयमा ऋण चुक्ता नगर्ने अवस्था आउँछ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराबकर्जा अन्तर्गत राखिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।
कसरी पुग्छ बैंकलाई हानी ?
सर्वसाधारणबाट उठाएको निक्षेप विभिन्न क्षेत्रमा लगानी गरेर बैंकले नाफा आर्जन गर्ने गर्दछ । यद्यपि, लगानी गरेको पैसा नै नउठ्दा बैंकको नाफामा गिरावट आउँछ । खराब कर्जा बढेर समस्याग्रस्त अवस्थामा पुगेको बैंकलाई सर्वसाधारणले विश्वास गर्दैनन् । खराबकर्जाले बैंकको छविलाई नै गिराउने हुन्छ । बैंकहरुले जथाभावी रुपमा कर्जा लगानी गर्दा यस्तो समस्या आउँछ ।
अनुत्पादनमूलक क्षेत्रमा गरिएको लगानी डुब्ने खतरा बढी हुन्छ । लगानी गर्न लागेको क्षेत्रको अध्ययन नगर्दा पनि यस्तो समस्या निम्तिन्छ । कतिपयले चिनेजानेको भरमा कर्जा पास गराउने गरेका कारण पनि बैंकले घाटा व्यहोर्ने स्थिती आइपर्ने गरेको छ । यस्ता क्रियाकलापहरुका लागि बैंकप्रतिको विश्वास घट्दै जाने हुन्छ । फलस्वरु बैंकमा कारोबार कम हुन गई व्यवसायमा उल्लेख्य ह्रास आउँछ र संस्था समस्याग्रस्त हुन जान्छ ।