Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वैशाखमा वाणिज्य बैंकहरुको निक्षेप रु. १९ अर्बले घट्यो

२०७९ जेष्ठ ४ गते

बैंकिङ खबर/ वैशाख महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार वैशाख महिनामा वाणिज्य बैंकहरुको निक्षेप १९ अर्ब रुपैयाँले घटेको छ ।

योसँगै वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँमा झरेको छ । गत चैत मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो । चैत महिनामा भने वाणिज्य बैंकहरुको निक्षेप ५६ अर्ब रुपैयाँले बढेको थियो ।

यसैगरी वैशाख महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी ६ अर्ब रुपैयाँले घटेको छ । एनबीएका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको छ ।

गत चैत मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो । चैतमा वाणिज्य बैंकहरुको कर्जा लगानी २५ अर्ब रुपैयाँले बढेको थियो ।

Ad