Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

रिभर फल्स पावरको आईपीओमा मागभन्दा करिब ६.५ गुणा बढी आवेदन

२०७९ जेष्ठ ३ गते

बैंकिङ खबर/ २०७९ बैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेस्राे दिनसम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ ।

२७ लाख ३० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याइएकाे छ । बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्काशन गरिएको हो ।

निष्काशनको तेस्राे दिन बिहानसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १४० कित्ता सेयरको लागि आवेदन परेको छ । यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आईपीओमा आवेदन दिने अन्तिम मिति २०७९ जेठ ४ गते बुधबार अपरान्ह ५ः३० बजेसम्म रहेको छ ।

Ad