
बैंकिङ खबर/आजदेखि बैंकवित्त पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले जेठ १ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थामा पनि शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बुधबारको स्वीकृति बमोजिम बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखासमेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट हुने आटीजीएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट हुने सेवालगायत अन्य अत्यावश्यक सेवा तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारीलाई खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्नुपर्ने पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। ती सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागले आवश्यक परेमा आवश्यकताअनुसार कर्मचारी खटाउन पनि निर्देशन दिइएको छ ।
जेठबाट कार्यालय समय बिहान ९ः३० बजेबाट अपराह्न ५ः३० बजेसम्म कायम गरिएको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय सयम बिहान ९ः३० बजेबाट ४ः३० बजेसम्म कायम गरिएको छ ।
यसैगरी जेठबाट बैंकिङ कारोबार समय बिहान ९ः३० बजेदेखि साँझ ४ बजेसम्म कायम गरिएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकिङ कारोबार समय बिहान ९ः३० बजेबाट अपराह्न ३ः३० बजेसम्म तोकिएको छ । सार्वजनिक बिदाबाहेक २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।
यसअघि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म कामकारबाही हुने भनिएको थियो ।
त्यस्तै सार्वजनिक बिदाबाहेक वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म आइतबारदेखि बिहीबारसम्म बैंकिङ बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खुला रहने भनिएको थियो ।
यसैगरी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो मध्याह्न १२ः३० बजेसम्म कामकारबाही हुने भनिएको थियो ।
अब शुक्रबारका लागि पनि बैंकको कार्यालय पोसाक कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै विभाग, कार्यालय, महाशाखा र इकाइले प्रत्यक्ष सेवाग्राहीले एकैदिनमा सम्पन्न हुने एकै सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चतता गरी कार्य व्यवस्थापन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
हप्ताको दुई दिन बिदा हुँदा हप्ताभरि सम्पन्न गरिएका कार्यहरुको सूची तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्यांकनका लागि अभिलेख राख्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
एनआइसी एशिया बैंकले आइतबार र शनिबार पनि सेवा दिने
एनआइसी एशिया बैंकले आइतबार र शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार र शनिबार बैंक बन्द हुने निर्णय गरे पनि एनआइसी एशिया बैंकले भने ती दुवै दिन सेवा दिने सूचना सार्वजनिक गरेको हो । बैंकले बिहान ११ बजेदेखि ३ बजेसम्म विभिन्न शाखाहरु खुल्ने जनाएको छ । यस्तै बैंकले दशैं र तिहार बाहेक लगातार दुई दिन बढि बिदा भए तेस्रो दिन देखि बैंकिङ्ग सेवा सुचारु गर्न जनाएका छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक आइतबार सेवा दिने
सप्तकोशी डेभलपमेन्ट बैंकको बैंकिङ्ग सेवा अब आइतबार पनि मेनरोड विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आइतबारपनि बैंकिङ्ग सेवाप्रदानगर्ने निर्णय गरेको छ । यस अन्तर्गत हाल बैंकले प्रदेश नं.१ मा रहेका आफ्ना ३५ शाखाहरुमध्ये १३ शाखाहरु मेनरोड विराटनगर, टंकीसुनवरी,इलाम, रंगेली, उर्लावारी, बिराटचोक, विर्तामोड, इटहरी, धरान, धनकुटा, बसन्तपुर,दमक र पुष्पलालचोकबाट जेष्ठ १ गते देखिनै सेवाप्रदान गर्ने छ र आगामी दिनमा बजारको आवश्यकता र गा्रहकको माग बमोजिम आइतबार संचालन हुने शाखा संख्या बढाडाउँदै लैजाने नीति बैंकले लिएको छ ।
आइतबार संचालन हुने शाखाहरुमा बैंकले बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म सेवा प्रदान गर्नेछ । यसरी सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरे पश्चात आइतबारपनि बैंकिङ्ग सेवादिने सप्तकोशी डेभलपमेन्ट बैंक नेपालका बैंकहरु भरमानै पहिलो बैंक रहेको समेत जानकारी गराएको छ ।
यस्तो छ राष्ट्र बैंकले गरेको व्यवस्था




