Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वाणिज्य बैंकहरुले प्रकाशित गरे व्याजदर

२०७९ बैशाख ३१ गते

बैंकिङ खबर/वैशाख महिनको अन्तिम दिन वाणिज्य बैंकहरुले जेठ महिनाका लागि व्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले पुरानै व्याजदरलाई निरन्तरता दिएका छन् । वैशाख महिनामा ११.०३ प्रतिशत रहेको वाण्ज्यि बैंकहरुको अधिकतम ब्याजदर, जेठ महिनामा पनि यथावत राखिएको हो।

गत साता बसेको नेपाल बैंकर्स संघको बैठकले जेठमा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिने सहमति गरेको थियो। सोहि सहमति अनुसार बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेको हुन्।

बैंकहरुले गत पुस र माघ महिनामा ब्याजदर नबढाए पनि फागुनमा भने बढाएर ११।०३ प्रतिशत पुर्याएका थिए। सोपश्चात हालसम्म बैंकहरुले व्याजदर बढाएका छैनन्।

Ad