Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मर्जर पश्चात बनेको सूर्योदय वोमी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

२०७९ बैशाख २७ गते


बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्थाबीच मर्जर पश्चात बनेको सूर्योदय वोमी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुई लघुवित्तबीच मर्जर पश्चात सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नाममा कायम हुन आएको ७९ लाख १९ हजार ८४८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सविक वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता र सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । दुई लघुवित्तबीच १ बराबर एकको अनुपातमा मर्ज भएको थियो । मर्जर पश्चात बनेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको कारोबार संकेत एसडब्लुएमएफ प्रदान गरेको छ ।

Ad