Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लुम्बिनी विकास बैंकको एकै साथ थप नयाँ दुई शाखा उद्घाटन

२०७९ बैशाख २६ गते

बैंकिङ खबर/ लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उदेश्यले थप दुई शाखाहरुको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ८२ औँ शाखाको रुपमा कपिलबस्तु जिल्ला, शिवराजनगरपालिका वडा नं. ५ स्थित चन्द्रौटाशाखार ८३ औँ शाखाको रुपमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं.८, स्थित तारा ताल शाखा रहेका छन् । यस विकास बैंकको चन्द्रौटा शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सभासद अर्जुन के. सी. ले संयुक्त रुपमा गर्नु भयो ।

साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग वाणिज्य संघ तारातालका अध्यक्ष देबेन्द्र तिमल्सिनाले संयुक्त रुपमा गर्नु भयो । खोलिएका दुई शाखासहित यस विकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ । निकट भविष्यमा कैलालीको लम्की र मसुरिया एवं कञ्चनपुरको बाणीमा समेत गरी थप ३ शाखाहरु खोल्नको लागीतयारी गरेको छ ।

 

 

 

Ad