Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

नेपाल लाइफ इन्स्योरेन्सः देशकै नं.१ बीमा कम्पनी

२०७९ बैशाख २५ गते

 


बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनीको रुपमा रहेको छ ।
नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याममार्फत “नेपालकै नंं १” अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गरिसकेको छ ।

कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरुका अनुसार आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु.७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको थियो । साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुस ६ गते देखि “नेपालकै नं. १” अभियान सञ्चालन गरेको थियो ।

यसैबीच बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १९ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले जेठ महिनामा मात्रै २ अर्ब ५९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छन् भने सोही महिनामा मात्रै ६ अर्ब ४८ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार जेठ महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ३० अर्ब ६७ करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ भन्दा एलआइसी नेपालले कम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा १४ अर्ब ७९ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै नेशनल लाइफले १२ अर्ब ७ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले यस अवधिमा ७ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनियन लाइफले ६ अर्ब ९३ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, यस अवधिसम्ममा एशियन लाइफले ५ अर्ब ९७ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।मेट लाइफले ४ अर्ब ७८ करोड, सिटिजन लाइफले ४ अर्ब ६१ करोड, प्राइम लाइफले ४ अर्ब ४५ करोड, सूर्या लाइफले ४ अर्ब २५ करोड, सन नेपाल लाइफले ३ अर्ब ५३ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ४३ करोड, ज्योति लाइफले ३ अर्ब २१ करोड, आइएमई लाइफले २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी समितिको तथ्याङक अनुसार गुराँस लाइफले २ अर्ब ७३ करोड, रिलायन्स लाइफले २ अर्ब ५८ करोड, सानिमा लाइफले २ अर्ब ३ करोड, प्रभु लाइफले १ अर्ब ७४ करोड र महालक्ष्मी लाइफले १ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

छुट्टै पहिचान बनाउन सफल नेपाल लाईफ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औं वर्षमा हिँडि रहेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ ।