Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पुँजी बजारको नीतिगत सुधार गर्न नेप्से तयारः सिईओ कार्की

२०७९ बैशाख २३ गते


बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनी थप गर्नुपर्ने विषयबारे अध्ययन भइरहेको बताउनुभएको छ ।  शुक्रबार आयोजित परिपक्व पुँजीबजार सम्मेलन कार्यक्रममा बोल्दै सिईओ कार्कीले भन्नुभयो, ‘ब्रोकर कम्पनी थप हुनुपर्ने विषय उठिरहेको छ । यस विषयमा अध्ययन भइरहेको छ । चाडै ब्रोकर कम्पनीको संख्यामा पुनरावलोकन हुन्छ ।’

पूँजी बजार विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेको भन्दै आवश्यक नीतिगत सुधारका प्रयास पनि उहाँले बताउनुभयो । ‘शेयर बजारमा युवा पुस्ताको सक्रियता रहेको छ । बजारप्रति सर्वसाधारणको चासो राम्रो रहेको भन्दै यो पुँजी बजार क्षेत्रका लागि राम्रो कुरा हो । पुँजी बजार विकासका लागि नीतिगत सुधार गर्न नेप्से तयार रहेको छ ।’

विभिन्न समयमा शेयर बजारमा हुने नकारात्मक कुराहरु सुधार गर्न लागिपरेको बताउँदै उहाँले भन्नुभयो, ‘परिपक्क पुँजी बजारका लागि सचेतनाका कार्यक्रमहरु गर्न जरुरी रहेको छ । त्यतिमात्र होइन लगानीकर्ताहरुले कसले के किन्यो भन्दा पनि मैले के किन्न लागेको छु त्यसबारे बुझ्न आवश्यक रहेको छ ।’

बजारलाई परिपक्व बनाउन सेयर बजार र आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने पनि उहाँको भनाइ थियो । प्रमुख कार्यकारी अधिकृतले पुँजी बजार विकासका लागि नीतिगत सुधार गर्न नेप्से तयार रहेको बताउनुभयो ।

 

Ad