
बैंकिङ खबर/ आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ। काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो।
सम्झौताअनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आईएमई पेमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३ सय रुपैयाँसम्मको छुटको व्यवस्था मिलाइएको छ। सम्झौतापत्रमा आईएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गर्नुभएको छ ।
शुक्रबारका दिनदेखि सुरु हुने यो सीमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेब चेकआउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३ सय रुपैयाँसम्मको छुट रहेको छ ।
आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले यो सम्झौताले निकै उत्साहित भएको बताउनुभयो । उहाँले सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताउनुभयो । गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले आईएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लैजाने कुरामा विश्वस्त रहेको उल्लेख गर्नुभयो ।