Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुन बैंकले कति लिन्छन् आस्वा शुल्क ?

२०७९ बैशाख २१ गते


बैंकिङ खबर/ नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये धेरै बैंकहरुले आस्वा शुल्क लिने गरेका छन् । जसमा नबिल बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र मेगा बैंक नेपाल लिमिटेडमा बैंक खाता भएका लगानीकर्ताले सी–आस्वा तिर्नुपर्दैन । तर बाँकी २३ बैंकमा खाता भएर आइपीओ आवेदन दिएका लगानीकर्ताले १० रुपैयाँ १५ रुपैयाँ देखि १०० रुपैयाँसम्म बुझाउनु पर्छ ।

जसमा ९ वटा बैंकले १० रुपैयाँ, ८ वटाले २०, ४ वटाले २५, एउटाले १५ र अर्को एउटा बैंकले १०० रुपैयाँसम्म लिने गरेका छन् । प्रतिपटक १०० रुपैयाँ आस्वा शुल्क लिने बैंक स्ट्याण्डर्ड चार्टर्ड छ भने नेपाल एसबिआई, लक्ष्मी, सनराइज र सेन्चुरी कमर्सियल बैंकले २५ रुपैयाँ लिने गरेका छन् । यस्तै ग्लोबल आईएमई बैंकले आस्वावापत १५ रुपैयाँ लिने गरेको छ ।

पछिल्लो समय तारन्तार आइपीओ निष्कासन भइरहेको छ । तर, सेयर बजारमा लगानीकर्ताको संख्या बढ्नुका साथै आवेदकको संख्या बढेपछि लाखौं लगानीकर्ताको हात खाली हुने गरेको छ ।

हेर्नुहोस् कुनको कति ?

नेपाल बैंक -१०
राष्ट्रिय वाणिज्य- बैंक ०
नविल बैंक- ०
नेपाल इन्भेष्टमेन्ट बैंक- २०
स्टान्डर चार्टर बैंक -१००
हिमालयन बैंक -२०
नेपाल एसबीआई बैंक -२५
नेपाल बंगलादेश बैंक- १०
एभरेस्ट बैंक -२०
बैंक अफ काठमाडौं -१०
नेपाल के्रडिट एण्ड कमर्स बैंक- १०
एनआइसी एसिया बैंक- ०
माछापुच्छ्रे बैंक- १०
कुमारी बैंक -२०
लक्ष्मी बैंक- २५
सिद्धार्थ बैंक -१०
कृषि विकास बैंक -१०
ग्लोबल आइएमई बैंक -१५
सिटिजन बैंक -२०
एनएमबी बैंक -२०
प्रभु बैंक -१०
मेघा बैंक नेपाल- ०
सिभिल बैंक -२०
सेन्चुरी कर्मसियल बैंक -२५
सानिमा बैंक -२०

Ad