
बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त हुनुभएको छ । पोखरेलको पहिलो कार्यकाल सकिएसँगै पुनः सोही बैंकको सीईओमा नियुक्त हुनुभएको हो । बैंकको सञ्चालक समिति बैठकले उहाँलाई सीईओमा नियुक्त गरेको हो ।
बैंकिङ्ग क्षेत्रमा तीन दशक लामो अनुभव संगाल्नुभएका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गर्नुभएको थियो । उहाँ २०७६ जेठ १ गते बैंकको सीईओमा नियुक्त हुनुभएको थियो । सीईओमा पुनः दोहिरिएसँगै पोखरेलले मुक्तिनाथ विकासको विकासका लागि फरक योजना र रणनीतिका साथ अगाडि बढ्ने बताउनुभयो ।
पोखरेलको पहिलो कार्यकालमा मुक्तिनाथ विकास बैंकका अधिकांश सूचकहरु उत्कृष्ट पनि देखिएका छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नुभएका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा सुरु गर्नुभएको थियो । उहाँले नबिल बैंकमा करिब १९ वर्ष विभिन्न विभागहरुको नेतृत्व समेत गर्नुभएको थियो । उहाँसँग मेगा बैंकमा पनि काम गरेको अनुभव छ । उहाँ डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्ष पनि हुनुहुन्छ ।