Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डले भन्यो, ‘सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्नु’

२०७९ बैशाख १६ गते

बैंकिङ खबर/ धितोपत्र बोर्डले सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्न लगानीकर्ताहरुलाई अनुरोध गरेको छ । धितोपत्र बोर्डले सूचना जारी गर्दै सामाजिक सञ्जाल मार्फत लगानी नगर्न आग्रह गरेको हो ।

बोर्डले बजारमा केही व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न संस्थाहरुको स्थापना गरी सामाजिक सञ्जाल मार्फत लगानीकर्ताहरुलाई विभिन्न प्रलोभन देखाई लगानी गर्न आह्वान गरेको तथा धितोपत्रको दोस्रो बजारको कारोबार र लगानी सम्बन्धी सेवा प्रदान गरेको भन्ने समाचार आइरहेको भन्दै यस्तो आग्रह गरेको जनाएको छ ।

बोर्डले उक्त कम्पनीहरुमा लगानी गर्नु वा उक्त सेवाहरु लिनु लगानी आवश्यक सचेतना अपनाउनुका साथै बोर्डबाट अनुमति लिए÷नलिएको यकिन गरेर मात्रै लगानी गर्न तथा सेवा लिन बोर्डले आग्रह गरेको छ ।

Ad