
बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थित पावरहाउसमा शाखा विस्तार गरेको छ । शुक्रबार एक समारोहकाबीच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहनालोहनीबाट संयुक्त रुपमा शाखाको औपचारिक समुद्घाटन गरिएको हो ।
उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिनुभयो । साथै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंक अफ काठमाण्डू लिमिटेडलाई पावर हाउस क्षेत्रमा स्वागत गर्नुको साथै स्थानीय उद्योग ब्यावसाय क्षेत्र तथा स्थानीय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदानगर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको जानकारी दिनुभयो । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।