२०७३ आश्विन २ गते

रिडी हाइड्रोपावरको हकप्रद सेयरको बोलकबोल मंगलबारदेखि

ridiरिडी हाइड्रोपावर डेभलपमेण्ट बैङ्क लिमिटेडको ७३ हजार ६ सय ६१ दशमलब ५० कित्ता हकप्रद शेयर बोलकबोलबाट विक्रि हुने भएको छ । आगामी मंगलबारबाट बोलकबोल खुला गरिने हकप्रद सेयर खरिदका लागि सेयरधनीले असोज १८ गतेसम्म कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रति शेयर रू. एक सय  तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
 
रिडी हाइड्रोपावर डेभलपमेण्ट बैङ्क लिमिटेडको हकप्रद शेयरको लागि आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक समूहतर्फ रू.१४ हजार २ सय ७८ कित्ता र सर्वसाधारण समूहतर्फ रू. ५९ हजार  ३ सय ८३ दशमलव  ५० कित्ताको लागी शिलबन्दी बोलपत्र आह्वान  गरेको हो ।