पूर्णिमा विकास बैंकले आफ्ना सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई उक्त अनुपातमा बोनस सेयर दिने निर्णय गरेको हो । हकप्रद सेयर जारी गरेको ३० करोडभन्दा बढी चुक्तापुँजी पुर्याएको बैंकले राष्ट्र बैंकको निर्देशनबमोजिम पुँजी पुर्याउन गत आर्थिक वर्षको मुनाफाबाट उक्त वोनस सेयर दिन लागेको हो । नेपाल राष्ट्र बैंकबाट स्विकृति पाएर आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त बोनस सेयर पाउनेछन् ।


