Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गभर्नर अधिकारीको मुद्दा हेर्दा हेर्दैमा, अर्काे सुनुवाई बिहीबार

२०७९ बैशाख १३ गते

बैंकिङ खबर/ सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दा हेर्दैमा राखेको छ । मंगलबार भएको सुनुवाईमा अदालतले गभर्नर अधिकारीको मुद्दा हेर्दा हेर्दामा राखेको हो । अर्काे सुनुवाई बिहीबार हुने भएको छ ।

मंगलबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । संयुक्त इजलासमा गभर्नर अधिकारीका पक्षबाट १२ जना बढी बढी वकिलले बहस गरेका थिए ।

मंगलबार दिउँसो साढे १२ बजेपछि शुरु भएको बहस साँझ साढे ५ बजेसम्म चलेको थियो । गभर्नर अधिकारी र उनलाई निलम्बन गर्ने सरकारी पक्ष दुवै सर्वोच्च अदालत गएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीले गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको र अर्थतन्त्र खराब अवस्थामा पुर्याएको गभर्नर पदबाट निलम्बन गर्न छानविन समिति बनाएका थिए ।

आफू निलम्बित भएपछि गभर्नर अधिकारीले सर्वोच्च अदालतमा रिटमार्फत अल्पकालीन अन्तरिम आदेश जारी गराएर काममा फर्किनुभएको थियो । अदालतले दुवै पक्षलाई वैैशाख १३ गते विस्तृत छलफलको लागि बोलाएको थियो ।