Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंक तौलिहवा शाखाद्वारा कपिलवस्तु बहुमुखी क्याम्पसलाई सिलिङ फ्यान हस्तान्तरण

२०७९ बैशाख ९ गते


बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेड तौलिहवा शाखाले कपिलवस्तु बहुमुखी क्याम्पसलाई सिलिङ फ्यान(पङ्खा) हस्तान्तरण गरेको छ । बैंकका लुम्बिनी प्रदेश प्रमुख सुशील नेपालको उपस्थितिमा सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले ५० हजार मूल्य बराबरको २५ थान सिलिङ फ्यान हस्तान्तरण गरेको हो ।

कार्यक्रममा क्याम्पस प्रमुख विनय पाण्डेले सहयोगप्रति सिद्धार्थ बैंक परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । यस्तै बैंकका लुम्बिनी प्रदेश प्रमुख सुशील नेपालले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक गतिविधिहरु संचालन गर्दै आएको बताउनुभयो ।

 

 

Ad