
बैंकिङ खबर/ गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय बैंकिङ कसूरमा पक्राउ पर्नुभएको छ । उहाँलाई काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट पक्राउ गरेको हो।
उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरका एसएसपी सुदीप गिरीले जानकारी दिनुभयो । अंगद खड्काको जाहेरीपछि उपाध्यायको खोजी गरेको प्रहरीले बिहीबार पक्राउ गरेको हो।