Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको निक्षेप १२ अर्बले घट्यो

२०७९ बैशाख ८ गते


बैंकिङ खबर/ वाणिज्य बैंकहरुको निक्षेप दुई दिनमै १२ अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वैशाख १ र २ गते वाणिज्य बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले घटेको हो।

योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको छ। गत चैत ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी यो २ दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले घटेको छ। वैशाख २ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ। गत चैत ३० गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो। वैशाख २ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.७७ प्रतिशत रहेको छ।

 

Ad