Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

उपकार लघुवित्तको आइपिओ शुक्रबार बाँडफाँड

२०७९ बैशाख ७ गते


बैंकिङ खबर/ उपकार लघुवित्त वित्तीय संस्थाको आइपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङका अनुसार शुक्रबार बिहान ८ बजे आइपिओ बाँडफाँड गर्न लागिएको हो । संस्थाले चैत २५ गदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो ।

संस्थाले सर्वसाधारण समुह तर्फको २ लाख ३६ हजार २५० कित्ता मध्ये कर्मचारीहरुको लागि ३ हजार ३८१ कित्ता र सामुहिक लगानीकोषका लागि ११ हजार ८१३ कित्ता शेयर बाँडफाँड गर्नेछ ।

बाँकी २ लाख २१ हजार १५६ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गर्नेछ । उक्त शेयर २२ हजार ११५ जनाले मात्रै पाउने छन् । उनीहरुमध्ये थप ६ जनाले एक एक कित्ता गरी ११ कित्ता पाउने छन् । संस्थाले गोलाप्रथा मार्फत बाँडफाँड गर्नेछ ।

संस्थाको आइपिओमा २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका थिए ।

Ad