Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रेको नाफा २० प्रतिशतले बढ्यो

२०७९ बैशाख ७ गते

बैंकिङ खबर/माछापुच्छ्रे बैंकको नाफा २० प्रतिशतले बढेको छ । बैंकद्वारा प्रकाशित चैत मसान्तसम्म बैंकले १ अर्ब ५५ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको चैत मसान्तसम्म नाफा १ अर्ब २९ करोड थियो । बैंकले चैत मसान्तसम्ममा १ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरेको छ ।

१० अर्ब २५ करोड चुक्ता पुँजी रहेको माछापुच्छ्रे बैंकले चैत मसान्तसम्मको नाफाबाट सेयरधनीलाई बाँड्न मिल्ने नाफा ८२ करोड गरेको छ । १३.७० प्रतिशत पुँजीकोष अनुपात रहेको माछापुच्छ्रे बैंकले कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको भन्दा कम राखेको छ । बैंकले ८९.१३ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ । ४.१९ प्रतिशत स्प्रेडदर रहेको बैंकको चैत मसान्तसम्म बेसरेट ९.६३ प्रतिशत छ ।

Ad