
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि आफ्नो नियमित काममा फर्किंदै हुनुहुन्छ । सरकारले गरेको निलम्बन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएसँगै उहाँ काममा फर्कन लाग्नुभएको हो ।
अर्थमन्त्री जनार्दन शर्मासँग मत बाझिएपछि गभर्नर अधिकारीलाई देशको अर्थतन्त्र ध्वस्त पारेको तथा कार्यक्षमता अभाव भएको आरोप लगाउँदै सरकारले छानबिन अघि बढाएको थियो ।
गत चैत २५ गते मन्त्रिपरिषद् बैठकले उहाँबारे छानबिन गर्न जाँचबुझ समिति गठन गरेर प्रक्रिया अघि बढाएको थियो । तर गभर्नर अधिकारीले आफूलाई अन्याय भएको भन्दै रिट निवेदन दिएपछि सर्वाेच्च अदालतमा मंगलबार अन्तरिम आदेश जारी गरी गभर्नर अधिकारीलाई काम गर्न दिन र कारबाही नगर्न भनेको हो । योसँगै उहाँ १२ दिनपछि गभर्नर अधिकारी आज राष्ट्र बैंकका पुनः हाजिर हुँदै हुनुहुन्छ ।


