Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निलम्बित गभर्नरविरुद्व जाँचबुझ समितिले थाल्यो काम

२०७९ बैशाख ५ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीविरुद्व जाँचबुझ समितिले काम थालेको छ । आइतबार नै निलम्बित गभर्नर अधिकारीले सर्वोच्च अदालतमा छानबिन समितिसहित सरकारविरुद्व रिट दायर गर्नुभएको छ ।

सरकारले गभर्नर अधिकारीले गोप्य सूचना चुहाएको आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्न गत चैत २४ मा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ को उपदफा १ बमोजिम पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो । समितिले उहाँलाई बर्खास्त गर्ने नगर्नेबारे १ महिनामा निर्णय दिनेछ ।