Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शाखा विस्तारमा अब्बल बन्दै बैंक अफ काठमाण्डू, काँकरभिट्टामा थप नयाँ शाखा

२०७९ बैशाख ४ गते


बैंकिङ खबर/ पछिल्लो समय बैंक अफ काठमाण्डू लिमिटेडले शाखा विस्तारमा तिव्रता दिएको छ । बैंकलेको मेचीनगर नगरपालिका वडा नं. ०६, काँकरभिट्टामा शाखा विस्तार गरेको छ । शाखाको एक समारोहकाबीच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजयकुमार श्रेष्ठले संयुक्त रुपमा औपचारिक समुद्घाटन गर्नुभएको छ ।

समारोहमा मेचीनगर नगरपालिकाका नगर उप-प्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष ललितबहादुर तामाङ, मेची उद्योग वाणिज्य संघ, धुलाबारीका अध्यक्ष ऋषीराज तिम्सीनाले बैंकको काँकरभिट्टा शाखा कार्यालयको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

औपचारिक कार्यक्रममा बैंकका संचालक विजयकुमार श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचार्यले उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई काँकरभिट्टामा स्वागत गर्नुको साथै स्थानीयहरुको आवश्यकतालाई ध्यानमा राखी बैंकले सेवा प्रदानगर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिनुभयो ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि बढाएको छ ।

Ad