
बैंकिङ खबर/ नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ्ग कारोवार गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थीहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवाप्रदान गर्ने व्यवस्था गरिएको छ ।
विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने,निःशुल्क डिजिटल बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा छुट प्रदान गरिने, विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने निःशुल्क डेविट-क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने र विश्वविद्यालयको आवश्यकता अनुसार थप बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराउने सम्वन्धी सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गर्नुभएको थियो ।
इटहरीमा आयोजित एक समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोईरालाले समयसँगै अघि बढ्दै गइरहेको नेपालकै जेठो बैंकसँग पुर्वाञ्चल विश्वविद्यालयले गरेको यो सम्झौता कोशेढुंगाको रुपमा रहने उल्लेख गर्दै भविश्यमाविश्वविद्यालय र बैंक बीचको यो सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोख्रेलले नेपालबैंक लिमिटेड पहिलो र भरपर्दो भएकोसाथै यसले आफ्नो सेवा प्रवाहमा व्यापक सुधार गरेको देखिएकोले सम्झौता पत्रमा हस्ताक्षर गरिएको बताउँदै विश्वविद्यालय र बैंकलाई अझ व्यवसायिक उचाईमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गर्नुभयो ।
बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वित्तीय कारोवारको लागि नेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालयप्रति हार्दिक आभार व्यक्तगर्नु भएको थियो। नेपाल बैंक समयसँगै गतिशिल बन्दै गइरहेको र आम नेपालीको साझा बैंक भएको उल्लेख गर्दै उहाँले नेपाल बैंकका उर्जाशिल कर्मचारीहरु र व्यवस्थापनको अथक मेहनत र परिश्रमले गर्दा यो बैंक प्रगति पथमा लम्कीरहेको र सम्पूर्ण ग्राहकहरुलाई अझै उत्कृष्ट स्तरको वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिवद्वता पनि व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका योजना प्रमुख डा.कोमल प्रसाद दुलाल, विश्व विद्यालयका अनुसन्धान निर्देशक प्रा.डा.निनराज ढकाल,पाठ्यक्रम विकास केन्द्र प्रमुख प्रा.डा.मेदनी प्रसाद शर्मा लगायत विश्वविद्यालयका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । त्यसैगरि नेपाल बैंक १ नं प्रदेश कार्यालय प्रमुख सुर्य प्रकाश भट्ट, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल लगायतमोरङ्ग र सुनसरी जिल्लामा रहेका नेपाल बैंकका बिभिन्न शाखाका शाखा प्रबन्धकहरु साथै कर्मचारीहरुको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो ।
नेपालभर १६० शाखाहरु, ४९ एटिएम साथै २० एक्सटेन्सन काउन्टर काउन्टरमार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हालग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैंकिङ्ग सेवा सुविधाप्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । दक्ष व्यवस्थापन, युवाकर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक यस नेपाल बैक प्रतिको आकर्षण दिनप्रतिदिन बढ्र्द गएको देखिन्छ ।