
बैंकिङ खबर/ नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अफिसरमासुमित दास नियुक्त हुनुभएको छ । नवनियुक्ता दासलाई बुधबार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गर्नुभयो । दास यसभन्दा अगाडी नेपालको चर्चित ब्राण्ड ब्राण्डको काकोलामा आबद्ध हुनुहुन्थ्यो ।
उहाँको कालमा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर,कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर, ट्रेड मार्केटिङ हेड लगायतको भूमिकामा हुनुहुन्थो । फोनपेमा उहाँले विजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायतबजार प्रवद्र्धनको कार्य सम्हाल्नुहुनेछ । उहाँको आगमनसँगै कम्पनीले थप सफलता हासिल गर्ने अपेक्षा गएिको छ ।
डिजिटल नेपालको परिकल्पना गर्दै साढे दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल करिब ६ लाख मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथावित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन् ।