Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

३ अर्ब रुपैयाँले बढ्यो बैंकहरुको निक्षेप

२०७८ चैत्र २८ गते


बैंकिङ खबर/वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साता (चैत १९ गतेदेखि चैत २५ गतेसम्म) को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप ३ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।

गत चैत १८ गतेसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३१ अर्ब रुपैयाँ रहेको थियो। यस्तै वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। गत चैत १८ गतसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो।

Ad