Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको २१ औं शाखा झापाको विर्तामोडमा

२०७८ चैत्र २७ गते


बैंकिङ खबर/ आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा मिति २०७८ चैत २७ गते रामनवमीको दिनबाट प्रदेश नं. १, झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं. ०४, विर्तामोडमा आफ्नो २१ औं शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त संस्थाको समुद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले गर्नुभयो ।

उक्त शाखाको समुद्घाटनमा विर्तामोड उघोग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपाने, यस फाइनान्सका सञ्चालक सुशीलकुमार अर्याल, प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठ तथा नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीकोे उपस्थीती रहेको थियो ।

आइ.सि.एफ.सि.फाइनान्सले मोबाइल बैकिङ, इन्टरनेन्ट बैकिङ, लकर सेवा, ३६५ दिन बैकिङ सेवा, ए.टि.एम कार्ड, आस्वा सेवा, डिम्याट सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक बैकिङ सुविधाको साथमा विगत १८ बर्ष देखि आफ्नो ग्राहकलाई बैकिङ सुविधा प्रदान गरिरहेको छ ।

चुक्तापूँजी रु.१ अर्ब १२ करोड एकहत्तर लाख रहेको यस फाइनान्सले हाल सम्म एक लाख भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै रु.१६ अर्ब ५७ करोड निक्षेप संकलन र रु. १४ अर्ब ११ करोड कर्जा प्रवाह गरिसकेको फाइनान्सले जनाएको छ ।

 

Ad