Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बैक अफ काठमाण्डूको शेयर बिक्रीमा

२०७८ चैत्र २५ गते

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडको शेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक शेयरधनी निर्मल प्रधानको नाममा रहेको १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

यदि तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुको निवेदन नपरेमा प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।
Ad