Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१५ दिनमा बैंकहरुमा कतिले खोले एलसी त्यसको एकिन रेकर्ड दिनुस्: अर्थमन्त्री

२०७८ चैत्र २५ गते


बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा चुहाउने गरेको आरोप लगाउनुभएको छ ।

राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषयक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘कुनै नागरिकले समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर गोप्य कुराहरु किन पुर्याइन्छ ?’, उहाँले थप्नुभयो, ‘यस्ता कुराले अनुशासन हुँदैन । रिपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडियामा दिने काम हुन्छ ।’

यस्तै उहाँले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिकै एक सदस्यले बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गर्नुभयो । अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेकै एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको उहाँको भनाइ छ ।
पछिल्लो १५ दिनमा बैंकहरुमा एलसी कतिले खोले त्यसको एकिन रेकर्ड दिन उहाँले माग गर्नुभयो ।

अर्थमन्त्री शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताउनुभयो । श्रीलंका र नेपालको ऋणको, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सहायताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको उहाँको भनाइ छ ।

मुलुकमै अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उहाँको भनाइ थियो । सरकारले बनाएका नीतिमै समस्या रहेको औंल्याउँदै अर्थमन्त्री शर्माले बनाएका नीति कार्यान्वयन क्षेत्रमा समस्या तथा नीतिको दुरुपयोग वा भष्टाचार भएर यस्तो भयो भन्ने कुरा अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री शर्माले प्रविधिले नेपालको अर्थतन्त्रमा पु¥याएको चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताउनुभयो । क्रिप्टोकरेन्सी र हाइपर फण्डबारे आफूलाई खासै जानकारी नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘प्रविधिको विकास भइराख्छ । प्रविधिको विकासले आउने चुनौतीबाट हामीले डराउने होइन । त्यसले मानव सभ्यता र समाजलाई सकारात्मक प्रभाव दिन्छ । सकारात्मक र नकारात्मक सँगसँगै आउँछ ।’

 

Ad